November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

तिहार नजिकिँदै गर्दा सिमा नाकाबाट लुकाइछिपाई पटका भित्रदै

  • 17
    Shares
File photo

वीरगञ्ज, नेपालीहरुको महान् चाड दशैँ सकिएलगत्तै तस्करहरुले तिहारलाई लक्षित गरी पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहे पनि तस्करले अन्य विभिन्न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् ।

तस्करले पर्साका भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाका मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटाका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेको छ ।

यसैक्रममा बुधबार बिहान ३ बजे भारतको रक्सौलबाट विभिन्न किसिमका पटाका खरिद गरेर ना२ह ३०४६ नंको अटोमा लुकाइछिपाई वीरगञ्जतर्फ ल्याइँदै गरेकाअवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट ठूलो परिमाणमा पटाकासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज –१६ इनर्वाका भुलन साह तुराहाका २० वर्षीय छोरा रन्जनकुमार र सीमावर्ती भारतीय बजार रक्सौल मौजेटोल बस्ने मौजी तुराहाका २६ वर्षीय छोरा राजकुमार गुप्ता छन्। उनीहरुका साथबाट विभिन्न ब्राण्डका एक हजार प्याकेट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको