March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

भारतीय सेनाध्यक्ष नरवणेलाई ‘गार्ड अफ अनर’ सम्मान प्रदान

काठमाडौं,भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिएको छ । सेनाध्यक्ष नरवणेलाई आज बिहान सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको हो ।

 प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा समेत रोपेका छन् । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता समेत सुरू भएको छ ।

यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन ।

शीर्ष समाचार

धेरै पढिएको