
जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका छन् । यस्तै डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक रार्ई वरिष्ठ नेताका रुपमा रहेको छन् । आज साँझ उक्त पार्टीका शीर्ष नेताहरू नै दल दर्ताको लागि आयोगको कार्यालयमा पुगेका थिए । प्राप्त सुचनाअनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ।





