November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

आज सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गरिने

  • 2
    Shares

काठमाडौं, तीन दिने नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गरिँदैछ ।

राष्ट्रपति भवन शितल निवासमा हुने विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्न लागेकी हुन् ।


नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । आज नै उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

स्थलसेनाध्यक्ष नरवणेले आज बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसपछि सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

नरवणेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम पनि छ ।

शीर्ष समाचार

धेरै पढिएको