
नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ दुई १३ जना संक्रमित थपिएका हुन्। संक्रमित मध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। ती मध्ये १३ जनाले ज्यान गुमाएका छन्। भने ४ सय ६७ जना डिस्चार्ज भएका छन् । नेपालकाे अधिकांश जिल्लामा पुगिसकेकाे छ काेराे आजसम्म ७० जिल्लामा काेराेना संक्रमित भेटिएको छ ।







