December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

पुर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक

  • 27
    Shares

काठमाडौँ, पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनकी पत्नी सीता महराको आज विहान असामयिक निधन भएको छ ।

उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन । गत दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिकमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको