November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

  • 5
    Shares

काठमाडौं, भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरवणे नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनुहुने छ  ।

नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारकाे अपेक्षा गरिएकाे छ । उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको