December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप ३ हजार ११४ जनामा काेराेना संक्रमण,३१ सय ४२ जनाकाे डिस्चार्ज

  • 18
    Shares

काठमाडौं ,पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कुल काेराेना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ जना पुगेका छन् ।

११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हाे । त्यसैगरी मंगलबार ३ हजार १४२ जना संक्रमित निको भएका छन् ।

याे सँगै नेपालमा काेराेनाबाट डिस्चार्ज हुनेकाे संख्या १ लाख ४१ हजार १३४ जना पुगेकाे छ । मंगलबार २० जना संक्रमितको मृत्यु भएको छ । याे सँगै नेपालमा कुल मृत्यु संख्या १ हजार ४ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको