November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

कांग्रेस सांसद केसीको निधनका कारण पदाधिकारी बैठक स्थगित, तीनदिन पार्टीको झन्डा झुकाउने

  • 3
    Shares

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय शीर्ष नेताको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

कांग्रेस नेता एबं सांसद तथा बरिष्ठ उद्योगी सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । पार्टीभित्रको असमझदारीमा सहमति खोज्न सोमबारदेखि कांग्रेस नेताहरुको बैठक शुरु भएको थियो ।

सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति हुन सकेको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको