December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

नेपाली कांग्रेसका सांसद तथा उद्योगी केसीको निधन

  • 17
    Shares

काठमाडौं, बरिष्ठ उद्योगी तथा नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको हो ।

उनको आज बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिकजनले बताएको छ । केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । अचानक रक्तचाप कम भएपछि उनको निधन भएको स्रोत्ले जनाएको छ ।
मिर्गौला रोगको नियमित परिक्षणका लागि भारतको नयाँ दिल्ली जाने तरखरमा रहेकै बेलामा उहाँको निधन भएको हो ।

प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालिन प्रधानपञ्च भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको