December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

थप २ हजार ९३३ जनामा कोरोना पुष्टि

  • 10
    Shares

काठमाडौं, आइतबार थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको हो ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भई ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ ।

गत २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ सय ८४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको