November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

झडपमा प्रहरीको गोलीबाट घाइते भएका युवाको स्वास्थ्य अवस्था बुझ्न मुख्यसचिवको टोली पुगे अस्पताल

  • 89
    Shares

बिरगंज, गत बुधबार बिरगंजको सुवर्ण गाउँपालिका कवहिगोठमा भएको झडपमा घाइते भएका युवाको स्वास्थ्य अवस्था बुझ्न जनता समाजवादी पार्टी निकट तत्कालीन युवा संघ प्रदेश समितिको मुख्य सचीव ओम यादव (मनिष) आज बयोदा हस्पिटल पुगेका छन् । स्थानीय र प्रहरीबिचको झडपमा प्रहरीको गोलीबाट गम्भीर घाइते भएका १४ वर्षिय रञ्जन कुमार यादवको स्वास्थ्य अवस्था तथा आर्थिक अवस्था बुझ्न उनी हस्पिटल पुगेका हुन् ।

हस्पिटल पुगेर स्थलगत अनुगमन गर्दा यादवको स्वास्थ अवस्थामा क्रमिक सुधार आएको देखिएको छ । आइसीयुमा उपचाररत यादवलाई भेट्न मुख्य सचिवका साथ जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य फिरोज मंसुर अस्पताल पुगि डाक्टरसँग स्वास्थ अवस्था जानकारी लिएका छन् ।

सम्पुर्ण युवा साथीको साथ आर्थिक अवस्था बारे बुझ्दा हालसम्म आर्थिक केहि उपलब्ध नभएको देखियो तर आर्थिक खर्च जे जस्तो भए पनि प्रशासनले बेहोर्ने भनि पत्र पठाएको जानकारी प्राप्त भएको छ ।

मधेशमा दिनहुँ हुने प्रहरी प्रशासनको दमन अत्यचारका कारण सिमावर्ती क्षेत्रका जनतालाई सास्ति भएको छ भने घर खर्चका निम्ति ल्याइएको खाद्यान्न सामाग्रीमा पनि पैसा लिने नदिए सामाग्री तथा गाडी जफत गरि भंसार बुझाउने जस्ता रवैयाबिरूद्ध जसपाले प्रशसानलाई सचेत गराउदै अबदेखी यस्ता कार्य नगर्न अपिलसमेत गरेका छन् ।
मुख्य सचिवले चेतावनीका साथ भने, “यदि यो सरकार तथा प्रशासन आफुमा सुधार नलाए प्रदेश तथा प्रदेशभरि युवाले यस चरित्रको विरूद्ध विरोधमा उत्रिनेछ ।”

मुख्यसचिव याद्वले प्रश्न गर्दै भने, “पहिले यस्ता घटना वा आन्दोलन हुँदा पानीको फोहोरा हान्ने लठ्ठी हान्ने प्रशासन आखिर मधेशमा मधेशी जनतामाथि बन्दुक नै तानि सिधैं टाउँका र छातिमा गोली हान्ने शैली र चरित्र नश्लिय दमनकारी हो कि होइन् ? हामी यसको प्रतिकार गर्ने कि नगर्ने ? साथै उनले यदि यो शिलशिला यस्तै चल्दै रहयो र प्रशासन नसुध्रे ठुलै दुर्घटना हुनसक्ने औल्याएका छन् ।

सुवर्ण गाउँपालिकामा घटेको घटनाको उचित छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न मुख्यसचिवले माग गरेका छन् । प्रशासनले जारी गरेको विज्ञप्ति आपत्तिजनक रहेकोमा छानबिन समिति पनि मान्य नरहेको उनले उल्लेख गरेका हुन् ।


उनले यो छानबिन समिति विघटन गरि सर्वपक्षिय समिति निर्माण गर्न जसमा स्थानिय संसद, विधेयक, गाउँपालिका अध्यक्ष, जिल्ला प्रशासन, पत्रकार, नागरिक समाजबाट प्रतिनिधि राखि छानबिन गरियोस् र सत्यतथ्य जनतासामु ल्याई गोली चलाउने दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने माग रहेको बताए ।

आजको बयोधा अस्पतालमा रञ्जन कुमार यादवलाई भेट्न र अनुगमन गर्न तत्कालिन समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादव, प्रदेश युवा समिति सचिव मनोज यादव, कसिम अंसारी, प्रदेश युवा सदस्य रूपक पटेल, उपेन्द्र यादव, शिबजी साह, रमेश यादव, अमित यादव, प्रदेश युवा सदस्य तथा तत्कालिन समाजवादी युवा संघ बारा जिल्ला अध्यक्ष सुजित पाण्डेय, पर्सा जिल्ला युशा संयोजक गौरब बर्मा, बारा जिल्ला युवा उपाध्यक्ष शशी दास(ब्रेटली), बारा जिल्ला युवा सचिव नरेश यादव, बारा जिल्ला युवा सदस्य तथा सुवर्ण गाउपालिका नगर युवा अध्यक्ष कन्हैया यादव, बारा जिल्ला युवा सदस्य अनिल सहनी सहितका साथीहरूको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको