March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ओली कुबाटोमा छन्, अरु उनको सति जाने कि समाजवादी बाटो बनाउने ?- बाबुराम भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली कुबाटोमा भएको बताएका छन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेको बेलामा पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेकपाका नेता कार्यकर्तालाई ओलीसँगै सती नजान सुझाव पनि दिएक छन् ।

उनले ट्विटर मार्फत प्रश्न गरेका छन, ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन; अरुउनको सति जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?’

गैर कम्युनिस्ट पार्टीमा आवद्ध भए पनि भट्टराईले कम्युनिस्ट पार्टी र विचारमा बेलाबेलामा टिप्पणी गर्दै आएका छन् ।