
कास्की, जलविद्युत् योजनाका नाममा खोला झोलामा राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावरको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । उनले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको जनाउँदै संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युत् सम्बन्धी कानुन बनाउनुपर्ने पनि बताए ।
मुख्यमन्त्री गुरुङले गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी भिजन लुम्विनी उर्जा कम्पनीलाई निर्देशन पनि दिएका छन् । कुल २५ मेगावाटको उक्त आयोजना गत वैशाख २३ गतेदेखि सुरु गरिएकोमा सुरु भएको २७ महिना भित्र कार्य सक्नुपर्ने प्रावधान छ ।







