December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

सरकारी अस्पतालहरुले कोरोना उपचारमा धरौटी रकम नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • 1
    Share

काठमाडौं, कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालहरुले धरौटी रकम लिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै धरौटी नलिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त, अति अपांगता भएका, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । अन्य संक्रमितले भने आफ्नै खर्चमा उपचार गर्नुपर्ने मन्त्रालयले निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको