December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

पार्टीमा अन्तरविरोध देखिएको हो तर मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था छैन: प्रम ओली

  • 20
    Shares

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाट कोरोनाले उब्जाएको परिस्थितिका कारण केही पातलो भएको प्रतिक्रिया दिएका छन् ।

पार्टीभित्र अन्तरविरोध देखिएको भन्दै सञ्चार माध्यममा आएका समाचारबारे नेपाल प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले बाहिर मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था नरहेको स्पष्ट पारेका छन् । उनले पार्टी ठीक ढङ्गबाट अगाडि बढ्नुपर्नेमा पनि जोड दिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा अन्तरविरोध र असमझदारीको अवस्था उत्पन्न भन्दै पार्टी महासचिव विष्णु पौडेलले चिन्ता व्यक्त गरेका छन् । साथै पार्टीको आन्तरिक जीवन अन्तरविरोधग्रस्त भएको बताउँदै महासचिव पौडेलले मुलुक र जनाताका लागि पार्टी एकताको रक्षाका लागि सहमतिका साथ निर्णयमा पुग्न पनि पार्टी अध्यक्षद्वयलाई आग्रह गर्नु भएको छ ।

महासचिव पौडेलले भनेजस्तै नेकपाभित्र देखिएको अन्तरविरोध यतिबेला फेरि उत्कर्षमा पुगेको कतिपयको विश्लेषण छ । यस अघि पनि पार्टीमा विवाद र असमझदारी बढेपछि पार्टी स्थायी कमिटीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णयसँगै सहमति कायम भएको थियो । कार्यदलको प्रतिवेदनलाई आधार मान्दै सहमतिको प्रस्ताव तयार पार्न गत भदौ १८ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मा दिएको थियो । यसबीचमा पार्टीभित्र फेरि असन्तुष्टि र असमझदारी बढ्दै गएको छ ।

एकता महाधिवेशनको तयारीका लागि छलफल गर्न भन्दै कार्तिक १५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पनि स्थगित गरी मंसिरमा गर्ने गरी तय गरीएको छ । यसका साथै पार्टी एकीकरणका बाँकी काम पनि अघि बढ्न सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको