
लामाे समयदेखि बिराेधमा रहेकाे एमसीसी खारेजकाे लागि माईतीघर मण्डलामा आज पनि एमसीसीको विरोध प्रदर्शन गरिएको छ । एमसीसी खारेज नहु्न्जेलसम्म आन्दोलन जारी राख्ने भन्दै आज पनि माईतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । आन्दोलनकारीहरुले नो एमसीसी, ब्याकअप एमसीसी, नेपाल र नेपालीहरुलाई दास बनाउने एमसीसी चाँहिदैन लागू गर्न पाइदैन जस्ता नारा लगाएका थिए ।

मण्डलामा एमसीसी विरोधको नेतृत्व गरिरहेका बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि थिए । उनले अहिलेको करिब दुईतिहाईको कम्युनिष्ट सरकार क्रिश्चियनहरुको पैसाले चलेको र नेपाललाई अफगानिस्थान बनाउन खोजेको आरोप लगाए । होलीवाईन काण्डको उदाहरण दिदै न्यौपानेले भने–’एक समय जनताको टाउको छिनाउनेहरु अहिले एमसीसी मार्फत नेपालीहरुलाई विदेशीको गुलाम बनाउन खोज्दै छन् यो कदामी स्वीकार्य नहुने उनकाे भनाइ छ ।





