December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

तत्काल स्थायी कमिटी बैठक बोलाउन नेकपाका नेता भिम रावलको माग

  • 19
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

नेकपा फुटको संघारमा रहेको नेताहरुको अभिव्यक्ति आइरहेका बेला नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।

नेता रावलले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ ।”

शीर्ष समाचार

धेरै पढिएको