December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

नेकपाको आन्तरिक राजनीति गम्भीर मोडमा, बैठक बोलाउने कुरा गर्दा ओलीको पार्टी फुटाउने कुरा

  • 46
    Shares

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक राजनीति गम्भीर मोडमा पुगेको छ । खासगरी पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ध्रुवीकृत नेकपाको राजनीति गम्भीर मोडमा पुगेको महासचिव विष्णु पौडेल स्वयम‍्ले सार्वजनिक रुपमै स्वीकार गरेका छन् ।

उनले एकीकृत नेकपाको अस्तित्व नै संकटमा परेको भन्दै जोगाउन नेता, कार्यकर्ता र सबै सदस्यहरुलाई अपील समेत गरेका छन् । हत्तपत्त पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमार्फत व्यक्त नगर्ने महासचिव पौडेलले आइतबार फेसबुक र ट्वीटरमा पार्टी फुटको संघारमा पुगेको आशयसहितको गम्भीर चिन्ता व्यक्त गरेपछि नेकपाभित्र केही न केही खिचडी पाकिरहेको छ भन्ने पुष्टि गरेको छ । ‘पार्टी महासचिवबाटै यो खालको स्ट्याटस् आउनु भनेको पार्टी गम्भीर मोडमा पुगेको छ भन्ने बुझिन्छ’, एक स्थायी समिति सदस्य भन्छन्, ‘यो पार्टीमा दुई अध्यक्ष मात्रै छैनन् । सचिवालयका अरु सदस्य के गर्दैछन् ।

के सचिवालयका अरु सदस्यहरु मुकदर्शक भएर बस्न मिल्छ ? स्थायी समितिका सदस्यहरु र केन्द्रीय समिति सदस्यहरुले के हेर्दैछन् ? के उनीहरुको भूमिका छैन, हुनुपर्दैन ?’ उनले आफ्नो नाम उदृत नगर्न आग्रह गर्दै भने, ‘अन्य पार्टी कमिटीहरु जिउँदो लाश बन्न मिल्दैन ।’ खुमलटारको निषकर्ष पार्टी फुट्न नदिने यसैबीच पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए । जसमा प्रचण्डले ओलीसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीले पार्टी अलग–अलग गरेर जाउँ भनेर गरेको प्रस्तावबारे अन्य सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा पार्टी नेताहरुले समेत बैठक राख्न माग गरेकाले ओलीसँग बैठक राखेर छलफल गर्न गरेको प्रस्तावमा ओलीले बैठक नराख्ने जवाफ दिएको नेताहरुलाई जानकारी गराएका थिए । ‘बैठक किन राख्ने ? बैठक सैठक चाहिँदैन ।

बैठकको निर्णय मान्ने मान्छे म हुँ ? बैठक पनि म राख्दिनँ र तपाइँहरुले बैठक राख्नुभयो भने त्यसको निर्णय पनि म मान्दिनँ । टाउको गनेर बहुमत जुटाएर केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बैठक गर्नुस् तर म मान्दिनँ’ भन्ने जवाफ दिएको प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने, ‘र तपाइँहरुले छुट्टै बैठक गर्नुभयो भने त्यसको बदला म ठूलो एक्सन लिन्छु । त्यसैले बरु पार्टी अलग अलग गरौं ।’ ओलीको यस्तो भनाइपछि अध्यक्ष प्रचण्डले त्यस्तो बाटोमा जान नहुने जवाफ दिएका थिए । आइतबार बिहान मात्रै पनि ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेर कर्णालीका सन्दर्भमा पार्टी फुटाऔँ भनेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

आइतबार खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुुर थापा ‘बादल’ सहभागी थिए । खुमलटारमा सहभागी सचिवालय सदस्यहरुको भेलाले पार्टी फुटाउन नहुने निष्कर्ष निकालेको छ । ‘पार्टी कुनै हालतमा फुट्न दिनुहुँदैन । अहिलेको आन्दोलनको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको जनादेश अनुरुप हामी जानुपर्छ त्यो फुट होइन’, खुमलटारमा भएको छलफलको निष्कर्ष रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘त्यसैले बैठकबाटै निष्कर्ष निकाल्ने र पार्टी एकता बचाउने अचुक अस्त्र पार्टी निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालेका छौ’, श्रेष्ठको भनाइ छ ।

बालुवाटारमा ‘हार्डकोर’ छलफल पार्टीभित्र आन्तरिक समस्या बल्झँदै गएपछि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच कार्तिक ४ पछि प्रत्यक्ष भेटवार्ता भएको थिएन । त्यसलाई तोड्दै झण्डै ११ दिनपछि शनिबार दिउँसो दुई अध्यक्षबीच भेटवार्ता त भयो तर उनीहरुबीच पार्टीभित्रको समस्या समाधान गर्ने विषयमा एकरुपता हुन सकेन ।

शीर्ष समाचार

धेरै पढिएको