December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्व सर्वोच्चमा अवहेलनाको मुद्दा दर्ता

  • 36
    Shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा ‘अदालतको अवहेलना’को मुद्दा दर्ता गरेको छ ।

कोभिड-१९ को शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा अदालतको अवहेलना निवेदन दर्ता भएको हो ।

गत असोज २७ गते सर्वोच्च अदालतले कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो । त्यही विषयमा निवेदन दिने दुई कानुन व्यवसायीहरु आइतबार सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको