December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

थप २ हजार ८२४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

  • 12
    Shares

काठमाडौं, आइतबार थप २ हजार ८२४ जनामाकोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको हो । आजको पीसीआर १३ हजार २३ रहेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ७६५ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ३ हजार ६२० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको