December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अब एम्बुलेन्समा जिपिएस प्रविधि जडान गरिने

  • 21
    Shares

मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।

उक्त प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने प्रजिअ रिजालले जानकारी दिएका छन् । जिपिएस जडानपश्चात् एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानूनी काम गरेको अवस्थामा थाहा लाग्ने भएकाले उक्त निर्णय गरिएको प्रजिअ रिजालले बताए ।

शीर्ष समाचार

धेरै पढिएको