
प्रमुख प्रतिपक्षी दल कांग्रेसका पूर्वमन्त्री गगन थापाले सांसदहरूले विकासका नाममा पैसा लिन थालेदेखि हैसियत वडा अध्यक्ष जस्ताे भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत कम हुने थापाको थापाकाे बुझाई छ । ‘बजेट निर्माणमा संसदको भूमिका के ? हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ भन्दै प्रश्न गरेका छन् । सांसदको हैसियत त्यसरी मन्त्रीको ढोकामा कुद्न थालेपछि बिग्रिएको थापाको भनाइ थियो । ‘पहिलाको भन्दा स्थिति झन बिग्रीयो, जहिलेबाट हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कोष नाम दियौं ।
यसबाट वडअध्यक्ष जस्तो पैसा लिन थाल्यौ । पहिलेको भन्दा स्थिति झन बिग्रियो । हाम्रो हैसियत अहिले वडाअध्यक्षको जस्तो भएको छ ।’ सांसदहरूले आफ्नो हैसियत कायम गर्नका लागि त्यो रकम लिन्नौं भन्न सक्नुपर्ने थापाको आग्रह छ । उनले बजेट र मन्त्रालयगत विनियोजनमाथि सांसदहरू जति बोले पनि केही परिवर्तन नहुनुमा त्यसरी विकास बजेट माग्न जानु र स्थानीय पूर्वाधार साझेदारी कोषको नाममा रकम लिनु रहेको बताए ।





