November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

ओलीले दवाब दिएपछि मुख्यमन्त्री शाही मन्त्रीमण्डल हेरफेर निर्णयबाट पछि हटे

  • 8
    Shares

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही आइतबार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीबाट पछि हटेका छ
शाहीले हटाउन खोजेका मन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिन दवाब दिएपछि शाही मन्त्रिमण्डल हेरफेरवाट पछि हटेका हुन् । शाहीले पार्टी नेतृत्वको परामर्शपछि मात्रै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

यसअघि शाहीले नेकपा वरिष्ठ नेता माधब नेपाल समूहसँग भएको पूर्व सहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेरको तयारी गरेका थिए ।

मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन दवाव दिएपनि उनीहरुले राजीनामा गरेका थिएनन् ।

शीर्ष समाचार

धेरै पढिएको