November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

नवलपुरमा गैँडाको आक्रमबाट एकको मृत्यु

  • 17
    Shares

नवलपुर, गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७ कुलेनीमा आइतवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुलेनी निवासी ६५ वर्षीय जङ्गीलाल मुखिया रहेको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् ।

बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको