December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

बाजुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

  • 3
    Shares

बाजुरा, बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ताप्रीसेराबाट बेलकाटीयाका लागि गएको से १ ज ११८० नम्बर जीप बुढीगंगा नगरपालिका-४ को बेलकाट्यामा दुर्घटना भएको हो ।

घाइते हुनेमा बुढीगंगा नगरपालिका-४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेको छ ।

शनिबार साँझ भएको दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको