December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

श्वासप्रश्वासमा समस्या भएपछि कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा 

  • 8
    Shares

काठमाडौं, कोरोना संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको कांग्रेसले जनाएको छ ।


उनलाई कोरोना पुष्टि भएपछि कात्तिक ९ गते वीर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको थियो ।

उनको फोक्सोमा निमोनिया देखिएको र श्वासप्रश्वासमा समस्या आएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी नेता विश्वकर्माको स्वास्थ्यका बारेमा जानकारी दिँदै उपचारका लागि विशेष आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य विश्वकर्माको स्वास्थ्य उपचारका लागि गम्भीर बनेर सरकारको तर्फबाट आवश्यक सहयोग गरिदिन विशेष आग्रह गरेको कांग्रेस संसदीय दलले विज्ञप्तिमार्फत जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको