
नेपालकाे ७० जिल्लामा काेराेना फैलिसकेकाे छ । हालसम्म संक्रमितकाे संख्या ३ हजार २ सय ३५ जना पुगेकाे छ । जसमध्ये महिला २३२ जना र पुरुष ३ हजार ३ जना रहेका छन् । शनिबार मात्र ३ सय २३ जनामा काेराेना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . विकास देवकाेटाले जानकारी दिएका छन् ।
आज मात्र थप २ जनाकाे संक्रमणबाट मृत्यु भएको हाे। याे समेत गरि मृत्यु हुनेकाे संख्या १३ जना पुगेका छन् । उपचार पछि घर फर्कनेकाे संख्या ३६५ जना पुगेका छन् अाजमात्र ३२ जना घर फर्किएका छन् ।





