December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

पर्यटनमन्त्री भट्टराईद्वारा स्याउ फार्म अवलोकन, थप प्रबर्द्धन र पुर्वाधारमा तत्काल कदम चालिने

  • 35
    Shares

मनाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिवार मनाङ जिल्लामा अवस्थित तिलिचो ताल, हिमालय स्याउ फार्म र फ्याक्ट्रीको स्थलगत अवलोकन गरेका छन् । मन्त्री भट्टराईले आफुलाई अवलोकन अनुकरणीय लागेको र अन्नपूर्ण , मनास्लु हिम शृङ्खलाको काखमा रहेको मनाङ जिल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण रहेको रहेको भन्दै पर्यटन क्षेत्रको प्रसंशा गरेका हुन् ।

स्थलगत अवलोकनका क्रममा तिलिचो ताल धर्तिको स्वर्गको टुक्रा रहेको बताउँदै यस क्षेत्रमा प्रवर्द्धन र पुर्वाधारको विस्तार गर्नुपर्ने बताएका छन् । उनले भने, “यस विषयमा तत्काल केही कदम चालिनेछ ।”

मनाङमा यस वर्ष करिब ५ लाख केजी स्याउ बिक्री गर्ने र केही वर्षपछि करिब २० लाख केजी उत्पादन र बिक्री गर्न सक्ने हिमालय फार्म र फ्याक्ट्री पल्तेन गरुँगको नेतृत्वमा सम्पुर्ण काम भइरहेकोमा थप उत्साहको विषय भएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको