November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

थप २ हजार ५०८ जना काेराेना पुष्टि,संक्रमितको संख्या १ लाख ७० हजार नाघ्याे

  • 7
    Shares

काठमाडौं ,बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् याे सँगै हालसम्म नेपालमा काेराेना संक्रमितको संख्या १ लाख ७० हजार ७४४ पुगेकाे छ । त्यसैगरी १७ जनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् ।

याेसँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् । क्वारेन्टाइनमा २ हजार ४१० जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको