April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

यात्रुवाहक सवारी साधनमा भाडादरको लिस्ट नटाँसे कारबाही गर्ने

काठमाडौं, यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाहि गर्ने भएको छ ।


शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ भने शनिबार पनि सो अभियानलाई निरन्तरता दिइरहेको छ ।

सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि यात्रुलाई आफ्नो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

उनले सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको