May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

तिनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीद्वारा गुर्जो रोपण

काठमाडौं, तीनकुनेको खाली जग्गामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज गुर्जोको विरूवा रोपेको छ । कोटेश्वरस्थित तिनकुनेमा प्रहरीले १५ सय वटा गुर्जोको बिरुवा रोपेका हुन् । शनिबार उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयमा पनि ५–५ वटा गुर्जोको विरूवा रोपिएको छ ।

एक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भीमप्रसाद ढकालले भने, “फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ, त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह–सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको