December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

सरकारले अब छिट्टै सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने

  • 10
    Shares

काठमाडौं, विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सरकारले घोषणा गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले जानकारी दिएका छन् ।

‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’

शीर्ष समाचार

धेरै पढिएको