April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बाह्रबिसे नगरका मेयर निमफुन्जाे शेर्पा काेराेना मुक्त,अब जनताकाे सेवामा फर्कने

सिन्धुपाल्चोक बाह्रबिसे ,नेपालीहरुको महान चाड दशैको सुरुवाती दिनमा नै विश्वभरी फैलीएको कोरोना भाइरस(कोभीड–१९) बाट संक्रमीत भएका बाह्रबिसे नगरपालिका का मेयर निमफुन्जाे शेर्पा काेराेना भाइरसबाट निकाे भएका छन् ।

काेराेना महामारी शुरु भएसँगै बाह्रबिसे नगरपालिकाकाे विभिन्न स्थानमा प्राकृतिक विपत्तिहरु आई परेका थिए नगरपालिका काे विभिन्न स्थानमा आई परेकाे विपत्तिमा मेयर शेर्पा आफै स्थलगत भ्रमण र आवश्यक सहयाेगका लागि पुगेका थिए ।

पुग्नै पर्ने महत्त्वपूर्ण काम र प्राकृतिक विपत्ति भएका ठाँउमा आवतजावत गर्नै क्रममै विभिन्न ठाउँबाट आएका व्यक्तिको सम्पर्कबाट मेयर शेर्पा संक्रमित भएको हुनसक्ने बुझिएको छ । कोरोना संक्रमीत भएपछि १० दिनदेखि घरमै आइशोलेसनमा बसेका उनकाे ह्याम्स अस्पतालमा पुनपरिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हाे ।

अहिलेसम्मको लडाईमा कहिल्यै नहारेको बताउने मेयर शेर्पा कोरोनालाई हराउन भने निकै सर्घष र कसरत गरेपछि मात्रै परास्त गर्न सफल भएको भन्दै आम नगरवासि र जनता सुरक्षित रहन उनले अनुरोध गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको