November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

भारतिय सेनाध्यक्ष नरबणेकाे भ्रमणबारे टिप्पणी भइरहदा डा भट्टराई भन्छन् याे नियमित भ्रमण मात्र हाे

  • 8
    Shares

काठमाडौं, भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरबणेको नेपाल भ्रमणको विषयलाई लिएर अनेक टिप्पणी भइरहँदा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले उनको नेपाल भ्रमण नियमित मात्र भएको बएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा १९ गते बुधबारदेखि हुने तीन दिने नेपाल भ्रमणमा सेनाध्यक्ष नरबणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने डा. भट्टराईले बताए ।

त्यस्तै, राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेको शिष्टाचार भेट हुने उनले जानकारी छ । नेपालका प्रधान सेनापतिले भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने र भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने प्रचलनअनुसार नरवणेको नेपाल भ्रमण हुनलागेको बताउदै डा. भट्टराईले भने “यो परम्परागत नियमित कार्यक्रम मात्र हो, भ्रमणका क्रममा नरवणेले शिष्टाचार भेट गर्नुहुनेछ, त्योभन्दा बढी बुझ्नु हुँदैन ।” नेपाल–भारतबीचको सम्बन्ध विस्तार र मित्रताका लागि दुवै देश सजग रहेकाले आफ्नो ठाउँबाट कुुटनीतिक संवाद र सहयोग जारी रहेको उनले बताए । “सेनाध्यक्ष नरवणेको भ्रमणमा दुई देशबीच बार्ता हुने होइन, त्यसलाई त्यसरी बुझ्नु हुँदैन” उनले भने ।

छिमेकी मुलुकका सेनाध्यक्ष भ्रमणमा आउँदा कुटनीतिक मार्यादाअनुसार सम्मान र स्वागत गर्ने सबै देशको आफ्नो प्रक्रियाअनुसार भेटघाट हुने व्यवस्था रहेको उनले भने । नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोनमा भए पनि वार्ता र संवाद भइरहेकाले संवादहिनताको अवस्था नरहेको बताउदै सल्लाहकार डा. भट्टराईले कोरोना संक्रमण अन्त्य भएपछि दुई देशको हितमा दुबै देशका पदाधिकारीबीच थप नियमित छलफल र संवाद हुने विश्वास व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको