May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कोरोना संक्रमणबाट काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन

काठमाडौं, कोरोना संक्रमण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको शुक्रबार बिहान निधन भएको छ । काभ्रे पोस्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादक समेत रहेका ५१ वर्षीय चौलागाईंको उपचारका क्रममा काठमाडौंस्थित् ओम अस्पतालमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना पुष्टि भएका चौलागाईं होम आइसोलेसनमा बसेका थिए । तर, स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १ कात्तिकमा अस्पताल भर्ना गरिएको थियो । उनी २२ वर्षदेखि पत्रकारितामा क्रियाशिल थिए ।

शीर्ष समाचार

धेरै पढिएको