
विराटनगर – नेकपा विप्लव समूहका कम्पनी कमिसार सहित दुई जनालाई हतियार र बन्दोबस्तीका सामान सहित मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयहरुसँग चन्दा असुल उपर गर्ने कार्य भइरहेको सूचनाका आधारमा मोरङको मिक्लाजुङ गाँउपालिका वडा नं. १ घुर्मिसेस्थित बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा खानतलासी गर्दा सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. २ का काशिनाथ घिमिरे र इलाम चुलाचुली वडा नं. ६ का विज्ञान राई पक्राउ परेका हुन् ।
काशिनाथ घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिसार भएको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको साथ बाट भरुवा बन्दुक, जिलेटिन ३ केजी, सुतली बम, सकेट बम, इलेक्ट्रिक डेटोनेटर लगायत बन्दोबस्तीका सामानहरु बरामद गरिएको र आवश्यक अनुसंधान र कारवाही सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । ntv







