May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सिन्धुपाल्चोकका बाढीपिडितहरुले टेन्ट मै मनाए दशैँ

  • 58
    Shares

सिन्धुपाल्चोक, नेपालीहरुको महान् चाड बडादशैँ यसपटक सिन्धुपाल्चाेक जम्बुका बाढी पहिराेपिडितहरूले अस्थायी आवास टेन्ट मै मनाएका छन् । बाढी पहिरोबाट घरवारविहीन भएका परिवारहरुले यसपालिको दशैँ टेन्टमै उत्साह र उमङ्गबिना मनाएका हुन् ।

सुन्दर भाैगलिक बनावट भएकाे सिन्धुपाल्चोक जिल्लामा पछिल्लाे समय अविरल वर्षासँगै आएकाे बाढी र पहिराेकाे कारण सयाैँ घर विस्थापित मात्र भएन धेरैको ज्यान गयो, घाइते भए भने केही अझैसम्म पनि बेपत्ता छन् । टेन्टमा रात बिताइरहेका स्थानियहरू भन्छन् – दशैँ त आयो तर, न त बस्ने घर छ न त मनमा उमङ्ग नै त्यसो त यतिबेला विश्व नै कोरोना महामारीको चपेटामा परेको छ भने नेपालमा पनि कोरोनाले भयावह रुप लिइरहेको अवस्थामा सरकारले जहाँ छ त्यही चाडबाड मनाउन आग्रह गरेकाे थियो

तर घरवार नै नरहेपछि चाडपर्वको पनि महत्व कम देखिएको छ । पहिराेपिडित बालबालिका टेन्टमै भए पनि रमाउने प्रयास गरिरहेका छन् । पहिराेबाट भागेर बाचेँकि १४ दिने सुत्केरी बुद्धिमाया तामाङ्ग भन्छिन, “बल्ल बल्ल भागेर बाँचियाे तर न अहिले बस्ने सुरक्षित ठाँउ छ न पाैष्ठिक आहार नै ।” टेन्टकाे चिसो भुइमा बस्नु पर्दा आफु र बच्चाकाे स्वास्थ्यमा समेत समस्या देखिएकाे उनी बताउँछन ।

शीर्ष समाचार

धेरै पढिएको