
नेपालमा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार सम्म ११ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप सुर्खेतका युवकको मृत्यु भएको बताएका छन्। मृत्यु पुष्टि भएका २० वर्षीय युवक ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी पञ्चपुरी नगरपालिका १ हाँसे घर भएका उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकाे थियोे र घरमै मृत्यु भएको हाे ।
युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको छ । यसअघि बिहिवार पाल्पाका एक पुरुषको मृत्यु भएको जानकारी थियाे, उनी सिलुवाखोलाका ४५ वर्षीय पुरुष हुन् । उनी स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि तीन दिन अघि मिसन अस्पताल पाल्पामा लगिएको थियो । २१ जेठमा थप एकजनाको मृत्यु भएको थियो । मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको हाे
। बाजुरामा दुई वर्षीया बालिकाको क्वारेन्टाइनमा बस्दा मृत्यु भएको थियो । १७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको थियो ।
यसअघि सिन्धुपाल्चोककी महिला, बाँकेका पुरुष, गुल्मीका पुरुष, बाराका वृद्ध, ललितपुरका पुरुष र अर्घाखाँचीका पुरुषको मृत्यु भैसकेको छ । र काेराेना संक्रमितहुनेमा पुरुषको संख्या धेरै छ भने मृत्यु हुनेमा पनि पुरुषको संख्या बढि छ । हालसम्म मृत्यु हुने पुरुषको संख्या ९ र काेराेना संक्रमित हुने पुरुषको संख्या २ हजार ७ सय १७ जना रहेका छन् । हासम्म संक्रमित महिलाकाे संख्या १९५ र मृत्यु हुनेमा २ जना रहेका छन् ।






