नेपालमा आज थप २७८ जनामा काेराेना संक्रमित पुष्टि भएको छ । जसमध्ये ६१ जना महिला र २६७ जना पुरुष रहेका छन् ।याे सँगै काेराेना संक्रमित हुनेकाे संख्या २ हजार ९ सय १२ जना पुगेका छन् । २ हजार ७ सय १७ पुरुष । १९५ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार मात्र २७८ जना थपिएको बताएका छन् । हालसम्म डिस्चार्ज हुनेकाे संख्या ३३३ जना पुगेका छन् । भने ११ जनाकाे मृत्युु भएको छ ।






