
काठमाडौं- एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । जहाजमा एक नेपालीको शव पनि रहेकाे बुझिएकाे छ। जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैनन् । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।
सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो । विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट विमान उडाइएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको जानकारी प्राप्त भएको छ । र विमान साँझ ६ बजेसम्म त्रिभुवनविमानस्थल अाइपुग्ने श्राेतले जनाएको छ ।






