
काठमाडौं, कोरोना महामारीका कारण गत बैशाखमा स्थगित भएको कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट १६ गतेसम्म हुने भएको छ । बुधबार राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै सामाजिक दुरी पालना र सुरक्षासम्बन्धि मापदण्ड अपनाएर परिक्षा विहान ८ बजेदेखि ९ : ३० बजेसम्म हुने पनि राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परिक्षा तालिका








