
मंगलबार जेठकाे २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाकाे पुर्वखाेला गाउँपालिकाे सिल्वाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।
उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा रिपोर्ट आ उन बाकि थियाे र पछि संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । उनी भारतबाट ५ दिन अघि मात्र नेपाल आएर क्वरेन्टाइनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।





