
नेपालमा थप ३३४ जनामा काेराेना संक्रमित पुष्टि भएको छ । याे सँगै काेराेना संक्रमित हुनेकाे संख्या २ हजार ६ सय ३४ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मात्र ३३४ जना थपिएको बताएका छन् त्यसैगरी हालसम्म डिस्चार्ज हुनेकाे संख्या २९० जना छन् । र पुरुष २३४ र महिला ५६ जना रहेका छन् भने १० जनाकाे मृत्यु भएको छ । हालसम्ममा नेपालकाे ७७ जिल्ला मध्ये ६५ जिल्लामा काेराेना संक्रमित भैसकेकाे छ ।





