
काठमाडौं, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन आगामी फागुनमै गर्न संभव रहेको दावी गरेका छन् । उनले पार्टीको क्रियाशिल सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान र समायोजनका लागि जिल्ला समितिलाई परिचान गरेर फागुनमै महाधिवेशन गर्न सकिने दावी गरेका हुन् ।
कोरोनालाई बाहना बनाएर गर्न सकिने काम पनि नगरिएको आरोप लगाउदै उनले सकिने काम गर्दै जान र सार्नै परेपनि त्यसपछि नसकिएका कामका लागि मात्र सार्नु पर्नेमा जोड दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उनले सदस्यता नामावली टुङ्गीएको डेढ महिनामा सवै तहका अधिवेशन सम्पन्न गर्न सकिने निर्वाचन समितिले बताएको पनि जानकारी दिएका छन् ।
अझै साढे चार महिना बाँकी रहेकाले तीन महिनामा पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र समायोजनाको काम गर्न सकिने दावी दावी गरेका छन् ।






