April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

दशैँमा प्रविधिबाटै आशीर्वाद ग्राहण गर्न आग्रह

काठमाडौं, बडादशैँ शुरु भएसँगै यस वर्ष कोरोना भाइरसका कारण मानिसमा त्यति उत्साह देखिदैन । कोरोना महामारी बढ्दै जाँदा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो बेला सबैभन्दा बढी जोखिममा छन्– ज्येष्ठ नागरिक ।

बडादशैँमा टाढाटाढा रहेका आफन्तहरू जम्मा हुने, रमाइलो भेटघाट गर्ने, मान्यजनको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलन छ तर यस वर्षको दशैँको मौलिकता नै परिवर्तन हुने भएको छ । सार्वजनिक ठाउँमा पिङ लगाउन नपाउनेदेखि शक्तिपीठमा पूजा गरेर भीडभाड गर्न नपाउनेसम्म । आफू र आफ्नो परिवारलाई जोखिममा राखेर जमघट गर्ने त कुरै भएन । लामो यात्रा गर्दा कोरोना जोखिम बढ्नै खतरा छँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम भन्छन्, हामी जहाँ छौँ, त्यहीँ दशैँ मनाउने हो, यस वर्षको दशैँमा प्रविधिको प्रयोग गरी आशीर्वाद लिने अनि हाम्रा बाआमा–हजुरबा हजुरआमालाई यस वर्ष बचाइयो भने अर्को वर्ष टीका लगाइदिनुहुन्छ र एकदम रमाइलोसँग मनौँला ।

यस्तै भीडभाड नगर्ने, टीका लगाउने नै हो भने पनि लगाउने र लगाइदिने दुवैजनाले माक्स राम्ररी प्रयोग गर्ने, भोज भतेर नगर्ने, थोरै प्रसाद लिएर जाने र प्रसाद खाँदा पनि दुई मिटरको दूरी कायम गर्ने सुझाव डा. गौतमको छ ।

सार्वजनिक सवारीमा सकभर यात्रा नगर्ने, अरूको घरमा टीका लगाउन नजाने, ससुराली, माइत, मावल नजाने, यसपटक कोरोनालाई छाडिदिने । बाँचियो भने अर्को वर्ष जाउँला र रमाइलो गरौँला प्रवक्ता गौतम बताउँछन् ।

शीर्ष समाचार

धेरै पढिएको