December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

कोरोना परिक्षण र उपचार व्यक्तिको आफ्नै खर्चमा गर्नुपर्ने

  • 11
    Shares

काठमाडौं, कोरोना परीक्षण र उपचार सरकारले नभइ व्यक्तिको आफ्नै खर्चमा गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।

आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अति अपांगता, जेष्ठ नागरिक, सर-सफाइकर्मी , सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक अन्यले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठक अनुसार उक्त निर्णय भएको जानकारी दिएका हुन् ।

योसँँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवमी,दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने जनाएको छ । यी दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने सबे ल्याब पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता गौतमलेबताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको