November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

थप २ हजार ९४२ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

  • 8
    Shares

काठमाडौं, आइतबार थप २ हजात ९४२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १ लाख ३२ हजार २४६ पुगेको छ । आजको पीसीआर टेस्ट १४ हजार ८७५ रहेका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३४१ पुगेको छ ।

गत २४ घण्टामा कोरोना निको भई २ हजार २३६ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

थपोएका कुल सङ्क्रमितमध्ये १ हजार ९८ जना उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौं जिल्लाका १ हजार ४६९, भक्तपुरका ९९ र ललितपुरका २३० सङ्क्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको मन्त्रालयले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको