December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा खानेपानी निर्माण सामाग्री वितरण

  • 1.1K
    Shares

सिन्धुपाल्चोक, नेपाली काँग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले आज खानेपानी निर्माणका सामाग्री हस्तान्तरण गरेका छन् । उनले बाह्रबिसे नगरपालिका वडा नं ३ र वडा नं ४ मा आर्थिक सहयोग नगद वितरण गरेका हुन् ।

बाह्रबिसे नगरपालिका ३ धार्पास्थित लामाटोलमा खानेपानी निर्माणका सामान १२०० मिटर पाइप, २० बोरा सिमेन्ट र एक टिप बालुवा वितरण गरेका छन् ।

सोही नगरपालिकाका अपाङ्ग राजन कार्कीलाई पनि रु पाँच हजार आर्थिक सहयोग गरेका छन् । कार्की २०७३ सालमा सवारी दुर्घटनामा परी अपाङ्ग भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको