December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

शनिवारदेखि बेपत्ता निरीक्षक सउद मृत फेला

  • 5
    Shares

धनगढी, धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । शनिबार रातिदेखि बेपत्ता भएका गोविन्दबहादुर साउदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने बेपत्ता छन् । उनीहरु गएरातिदेखि सम्पर्क विहीन थिए । प्रहरीले सवार भएको मोटरसाइकल चौकीबाट एक किलोमिटरको दुरीमा फेला परेको छ भने शव भने तीन किलोमिटरको दुरीमा फेला परेको हो ।

प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको